
काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१-०८२ को ११ महिनाको अवधिमा ९२ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल एक अर्ब ३८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको नवलपरासी करदाता कार्यालयका प्रमुख एवम् कर अधिकृत फर्शुराम पोखरेलले जानकारी दिनुभयो । लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न नसके पनि गत वर्षको तुलनामा ५.१३ प्रतिशत बढी राजस्व संकलन भएको उहाँको भनाइ छ ।
संस्थागत आयकर संकलनमा ६५.९५ प्रतिशतले वृद्धि भएको छ भने मूल्य अभिवृद्धि कर संकलनमा १०.८८ प्रतिशतले वृद्धि भएको छ । अन्तःशुल्कतर्फको १०.६९ प्रतिशतले राजस्व संकलन घटेको छ । वस्तु उत्पादनमा कमी आएपछि आन्तरिक शुल्क घटेको हो ।
आर्थिक वर्ष २०८१-०८२ मा कार्यालयले एक अर्ब २२ करोड संकलन गर्ने लक्ष्य लिएकामा ८८ करोड राजस्व संकलन गरेको कर अधिकृत पोखरेलले जानकारी दिनुभयो ।
नवलपरासी जिल्लालाई कार्यक्षेत्र बनाएर २०७७ कात्तिक ४ गते स्थापना भएको कार्यालयमा हालसम्म २३ हजारभन्दा बढी करदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्