११ असार २०८२, बुधबार | Thu Jun 26 2025


सरकारको एक वर्ष सफल र उपलब्धिमुलक : एमाले


364
Shares

काठमाडौं । नेकपा (एमाले)ले सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धीमूलक भएको निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय र कार्यान्वयन सन्तोषजनक रहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिनुभयो । सत्तारुढ दलहरु कांग्रेस–एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको उहाँले जानकारी दिनुभयो ।

उपमहासचिव ज्ञवालीले दलीय र नीतिगत निर्णयमा स्पष्टता र स्थायित्व देखिएको पार्टीको धारणा रहेको समेत बताउनुभयो । सडकमा देखिएको विरोधका स्वरहरु कम हुँदै जानु पनि सरकारको सफलता रहेको ज्ञवालीको भनाइ छ ।

यद्यपि सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको निष्कर्ष समेत पार्टीको निष्कर्ष रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।