११ असार २०८२, बुधबार | Thu Jun 26 2025


खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल


442
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्न बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले एकातिर भूपरिवेष्टित र अर्कोतिर खुला सीमानाका कारणले सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता गर्ने विषय चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले अवैध निकासी–पैठारी रोक्नका लागि कानुनी व्यवस्थासँगै संरचनागत सुधारको पनि खाँचो रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भन्सार बिन्दुबाट मात्रै कुनै पनि सामानको निकासी र पैठारी हुन्छ भन्ने कुराको आश्वासन दिन सक्नुपरेको बताउनुभयो । उहाँले उक्त चुनौतिको बीचबाट आफूहरूलाई खरो रूपमा उतार्नुपर्ने अवस्था रहेको समेत जिकिर गर्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्सार बिन्दुबाट मात्रै पैठारी र निकासी हुन्छ भन्ने कुराको आश्वासन दिन नसक्दा चुहावटका समस्याहरू आउने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।