९ असार २०८२, सोमबार | Tue Jun 24 2025


बालबालिका र महिला वर्गप्रति न्याय हुने गरी बजेट छुट्याइएको छ : मन्त्री सुडी


689
Shares

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अगामी आर्थिक वर्षमा लैंगिक हिंसा निवारण, मानव बेचबिखन नियन्त्रण, अपांगता अधिकार प्रवद्र्धन, ज्येष्ठ नागरिक संरक्षण र महिला सशक्तिकरणजस्ता कार्यक्रमहरु सञ्चालन गर्नको लागि बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सुडीले एसियाली विकास बैंक र विश्व बैंकको सहयोगमा संचालित महिला उत्थान कार्यक्रम तथा लैंगिक हिंसा रोकथामका लागि एकीकृत सेवा पहुँच परियोजनालाई निरन्तरता दिइने बताउनुभयो । उहाँले महिला तथा बालबालिका वर्गप्रति समेत मन्त्रालयको बजेटले न्याय गर्ने जिकिर गर्नुभयो ।

अगामी आर्थिक वर्षका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी आर्थिक २ अर्ब ८ करोड बजेट पाएको छ ।