९ असार २०८२, सोमबार | Tue Jun 24 2025


मिसन ८४ लाई गन्तव्य बनाएर अघि बढ्न अध्यक्ष ओलीको निर्देशन


910
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन २०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

सोमबार ललितपुरमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन २०८४ मा लाग्न निर्देशन दिनुभएको हो । उहाँले संगठनको युवाको हक हित, रोजगारीका कुराहरुका साथसाथै मिसन २०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले मिसन २०८४ भुल्न नहुने बताउँदै यसका लागि एकीकृत हुनु जरुरी रहेको बताउनुभयो । कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गर्नुभयो ।