९ असार २०८२, सोमबार | Tue Jun 24 2025


मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट पर्छ, अरूलाई अवहेलना गरिन्छ : धवलशमशेर राणा


533
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट परेको बताउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकपछि नयाँ वानेश्वरस्थित संघिय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री राणाले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको व्यवस्थाको कारणले नै ४र५ जना मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट परेको र अरूलाई अवहेलना गरेको जिकिर गर्नुभयो । उहाँले सरकारले बजेट पारिदिए पनि चाहेको जति विनियोजन हुन नसकेको बताउनुभयो । उहाँले सरकार र सत्तापक्षमै भएका सांसदहरूले असन्तुष्टि प्रकट गरेको बताउँदै आफूहरूको क्षेत्रमा केही मात्रामा मात्रै बजेट पर्ने गरेको गुनासो गर्नुभयो ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८२ मङ्गलवारको प्रतिनिधिसभामा निर्णयार्थ प्रश्तुत हुँदै छ ।