
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा विभिन्न कारणले बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी गराउनुभएको हो ।
उहाँकाअनुसार उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ।
उहाँले भन्नुभयो, ‘भारतमा पनि बन्दी भएर हाम्रो भाइरहरु हुनुहुन्छ भनेर संसदमा साथिहरुले कुरा उठाउनु भएको छ । त्यहाँबाट हालसम्म ५७ जनालाई उद्धार गरिसकिएको छ । उत्तराखण्डको एउटा किङ इन्डिया भन्ने संस्थासँग मिलेर नेपालको राजदुतावासले उद्धार गरेको म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । यस्ता समस्याहरु नेपाली नागरिकले प्रत्येक दिन भोगनुपर्ने समस्या हो ।’
परराष्ट्रमन्त्री राणाले विदेश जाने वित्तिकै जीवनस्तरमै परिवर्तन हुने सोचका कारण नेपाली नागरिक समस्यामा पर्ने गरेको समेत उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्