९ असार २०८२, सोमबार | Mon Jun 23 2025


टाउको दुख्यो भनेर पेटको उपचार गरेर हुँदैन : विराजभक्त श्रेष्ठ


1.313k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नै नगरी ल्याइएको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमबारको अर्थ समितिको बैठकमा सांसद श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नगरी ल्याइएको बताउनुभएको हो । उहाँले सबै चिजको उपचार करमा नै थुपार्ने गरेको भन्दै यसले दैनिक उपभोक्तालाई मार परिरहेको जिकिर गर्नुभयो । सुनले नेपालको अर्थतन्त्रलाई चलायमान गरिरहेको बताउनुभयो । सुनको सम्बन्ध गृहिणीदेखि सांस्कृतिक र धार्मिक रुपमा पनि रहेको बताउनुभयो । टाउको दुख्यो भनेर पेटको उपचार गरेको जस्तो विधेयक आएको उहाँको टिप्पणी छ ।

सांसद श्रेष्ठले अनौपचारिक रुमपा भइरहेको कारोबारलाई करको दायरामा ल्याउन जरुरी रहेको बताउनुभयो ।