७ असार २०८२, शनिबार | Sat Jun 21 2025


पवित्र भावना शासकहरुमा भइदिए मानिसहरु ढुक्कसँग निदाउन सक्थे : प्रधानमन्त्री ओली


793
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जीवनका लागि अपरिहार्य रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको बताउनुभएको हो । उहाँले शारीरिक र मानसिक, पारिवारिक, समुदायको स्वास्थ्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य समेतलाई व्यक्तिगत शारीरिक र मानसिक स्वास्थ्यले समेटिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले युद्धरत देशका शासकहरुको मष्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्ने बताउनुभयो । उहाँले अरुको देशमा हमला गरेर, मान्छे मारेर जित्ने नभइ खेल खेलेर जित्नु उचित हुने बताउनुभयो । खेलाडीहरुको जस्तो पवित्र भावना विश्वका शासकहरुमा भइदिने हो भने दुनियाँ धेरै शान्तिपूर्ण हुने र ढुक्कसँग मानिसहरु निदाउन सक्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले शान्ति र मित्रताको पक्षमा खेलको धेरै महत्व रहेको बताउनुभयो । सरकारको स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल रहेको बताउनुभयो ।