
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पार्नुभयो ।
सभापति देउवाले अरु कामहरुका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताउनुभयो । नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने बताउनुभयो । नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताउनुभयो । ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निस्कर्ष निस्किने जिकिर गर्नुभयो ।
सभापति देउवाले गोरखा सैनिकहरुको इतिहास गर्विलो रहेको बताउनु भयो । उहाँले ब्रिटिश गोरखा सैनिकहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्