
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको सुरक्षाका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेशनल किक बक्सिङ एशोसिएशन्द्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति प्रो कि किक बक्सिङको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरुले लडेर ल्याउनुभएको जिकिर गर्नुभयो । उहाँले मंगलादेवी सिंहको नेतृत्वमा संगठन गर्न, महिला संगठित हुन र महिलालाई मताधिकार मात्रै नभइ पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर लड्नुभएको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले खेलकुदले अनुशासन सिकाउने बताउनुभयो । खेल क्षेत्रमा नेपालको सहभागिता बढिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्