
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले देशभित्र आफ्नो सम्पतीलाई संरक्षण, विकास र प्रवद्र्धन गर्नेका साथै देशबाहिर पनि परिचयलाई स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले बौद्धिक सम्पतीमाथिको अधिकारलाई कानूनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा पीडित हुनुपरेको जिकिर गर्नुभयो ।
पर्यटनमन्त्री पाण्डेले बौद्धिक सम्पतीका विषयलाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बौद्धिक सम्पत्तिको अधिकारलाई सुरक्षित गर्न नीति तथा कानून बनाउने र कार्यान्वयन गर्ने विषयमा सरकार दृढतापूर्वक प्रस्तुत हुने जिकिर गर्नुभयो ।
पर्यटनमन्त्री पाण्डेले संस्कृति नीति मन्त्रिपरिषद्मा रहेको बताउँदै उक्त नीतिले बौद्धिक सम्पतीलाई पनि समेटेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्