६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


देश एउटा नयाँ चरणमा प्रवेश गर्दैछ : प्रधानमन्त्री ओली


897
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको बताउनुभएको छ ।

शुक्रबार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेको र कृषिको आधुनिकीकरण भइरहेको पनि बताउनुभयो । उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा निराशा पैदा गर्न नहुने बताउनुभयो । आफैँले गर्नसक्छौँ भनेर अठोटका साथ अघि बढे सफलता हाँसिल हुने बताउनुभयो । देशलाई दुर्गम देशबाट सुगम देशमा परिणात गरिएको बताउनुभयो । बहुआयामिक ढंगले चौतर्फी विकासमा लागेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चक्रपथ विस्तार गरी ट्राफिक जाम अन्त्य गर्ने दिशामा अघि बढिरहेको बताउनुभयो । उहाँले विकास भयो भन्नेकुरामा चिन्ता नलिन आग्रह गर्नुभयो । विकासको नेतृत्वमा राजनीतिक दल र जनप्रतिनिधिहरुले अगुवाई गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारका निकायहरु विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउनुभयो ।