
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताउनुभएको छ ।
शुक्रबार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले १ सय १२ मिलियन मेट्रिकटन ग्याँस पत्ता लागेको बताउँदै यसबाट नेपालले आर्थिक उन्नति गर्नसक्ने बताउनुभयो । उहाँले दैलेखमा रहेको ग्याँसको अध्ययनका लागि पनि आफूले नै काम शुरु गरेको र अहिलेको फ्लाइओभरको उद्घाटन पनि आफूले नै गरेको बताउनुभयो । धौवादी फलाम कारखानाको काम अघि बढिरहेको र धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल प्राप्त हुने दाबी गर्नुभयो । त्यसले देशलाई ठूलो टेवा पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले धौवादी फलाम कारखानाको उत्खनन र मिथेन ग्याँसको प्राप्तिसँगै विदेश जाने मुद्रा नेपालमै रहने र वार्षिक ठूलो आम्दानी हुने बताउनुभयो । उहाँले यसले स्वदेशमै रोजगारी सिर्जना हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्