६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


एमआरपी कार्यान्वयनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कडाई, ९२ कम्पनीलाई जरिवाना


520
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९२ वटा विभिन्न व्यावसायिक फर्म तथा उद्योगलाई एक करोड बयानब्बे हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सबै प्रकारका वस्तु तथा सेवासँग सम्बन्धित व्यावसायिक फर्म तथा उद्योगहरुको स्थलगत अनुगमनका क्रममा उक्त जरिवाना गरिएको बताउनुभएको हो ।

बजार अनुगमनका क्रममा कुल ७ सय १३ वटा व्यावसायिक फर्म तथा उद्योगहरुको स्थलगत अनुगमन गरिएको र अनुगमनका क्रममा कानून विपरित व्यापारिक गतिविधि सञ्चालन गरेको पाइएका ९२ वटा फर्म तथा उद्योगलाई कुल १ करोड ९२ हजार रुपैयाँ जरिवाना गरिएको महानिर्देशक दाहालले जानकारी दिनुभयो । उहाँले उपभोक्ता संरक्षण ऐनले तोकेको व्यवस्था कार्यान्वयन गर्न आग्रह गर्दै उत्पादक र पैठारीकर्तालाई वस्तुमा नेपाली वा अंग्रेजी भाषमा एमआरपी अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको स्मरण गराउनुभयो ।

महानिर्देशक दाहालले हाल बजारमा सिमेन्ट र डण्डी, सवारी साधनका पार्टस्, खाद्य वस्तु, जुत्ता चप्पल, निर्माण कार्यमा प्रयोग हुने सामग्री, सर्जिकल सामान, रेडिमेट कपडा, बिजुली, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक सामान, सौन्दर्य प्रदायक सामानहरु लगायतका बजार वस्तुहरुमा अधिकतम खुद्रा विक्री मूल्य राख्नका लागि सरोकारवालाहरुलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

विभागले कतिपय व्यवसायीहरुले एमआरपीबारे अनविज्ञता प्रकट गरेको बताउँदै आपूmहरुले वस्तु र सेवा दुवैतर्फ अनुगमन गरेको दाबी गरेको छ ।