६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


संक्रमण देखिएका मुलुकबाट आएका नेपालीमा एमपक्सको लक्षण देखियो : डा. पुन


1.729k
Shares

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण देखिइरहेको देशबाट आएका नेपालीमा एमपक्सको लक्षण देखिएको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. पुनले मध्यपूर्वी देशमा सबैभन्दा धेरै नेपाली रहेको र दैनिक हजारौं मानिस आवतजावत गर्ने हुनाले जोखिम पनि धेरै नै रहेको बताउनुभएको हो । संक्रमण देखिइरहेका देशबाट आएपछि केही दिन परिवारसँग अलग बस्न आग्रह गर्दै डा. पुनले विशेषज्ञसँग परमामर्श लिन अनुरोध गर्नुभयो । उहाँले शरीरमा आलश्यता, खान मन नलाग्ने र ज्वरो आएमा पक्कैपनि एमपक्स होला भनेर केही समय अलग बसेर परिवारका सदस्यलाई जोखिममा पर्नबाट जोगाउन आग्रह गर्नुभयो ।

डा. पुनले पछिल्लो समय कोभिड सक्रिय हुनु त्यति राम्रो नभएपनि प्यान्डामिक सकियो भनिरहँदा यो अझैपनि हामीहरुकै साथमा रहेको र नहराएको स्पष्ट पार्नुभयो ।