
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पुराना राजनीतिक दलहरुले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाएको बताउनुभएको छ ।
ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै अध्यक्ष राईले पुराना राजनीतिक दलहरुले समाज, राष्ट्र, जनता र आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसकेको बताउनुभयो । उहाँले जसको परिणमतः पुनःउत्थानवादी शक्तिहरुले बढी चलखेल गर्ने आँट गरिरहेको बताउनुभयो ।
अध्यक्ष राईले पुराना दलहरुको कमी कमजोरीका कारणले पुनःउत्थानवादी शक्तिहरु सडक र सदनमा आएको जिकिर गर्नुभयो । जनता समाजवादी पार्टीले अब जरैदेखि बलियो ढंगले आधार तयार गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष राईले सरकार सकारात्मक रुपमा अघि बढ्नुपर्ने र नकारात्मक क्रियाकलाप गर्नेहरुसँग सरकार मिल्नु नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्