
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले बजेट निश्चित जिल्ला र क्षेत्रमा केन्द्रित गरी विनियोजन भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले सरकारले निश्चित जिल्ला र क्षेत्र बाहेक नागरिकलाई नागरिक नै नसोचेको टिप्पणी गर्नुभयो । उहाँले निश्चित क्षेत्रलाई मात्रै अङ्कित गरेर विनियोजन बजेटले देशलाई कहाँ पु¥याउला रु भन्दै प्रश्न गर्नुभयो । उहाँले समृद्ध नारा नभई समृद्ध आम सन्तुलित बजेट बनाएर अघि बढ्यौँ भने मात्रै देश समृद्ध हुने र नेपाली जनता सुखी हुने जिकिर गर्नुभयो । उहाँले देशमा शिक्षा, स्वास्थ्य, गरिबी निवारण र उत्पादनलाई प्राथमिकतामा दिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले राज्यको ढुकुटीलाई बलियो भए मात्रै त्यसले राष्ट्र निर्माणमा टेवा दिने जिकिर गर्नुभयो ।
सांसद थापाले वर्तमान सरकारले केही गर्ला भन्ने आशा रहे पनि झन् चुर्लुम्म डुबेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्