
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखउनुभएको छ ।
संसदमा संसद बैठक शुरु हुन लाग्दा रास्वपाका सांसदहरुले कालो वस्त्र र नीलो रिबन लगाएर संसदमा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभएको थियो । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरुले कालो वस्त्र र निलो रिबन लगाएको जानकारी दिनुभएको सांसद मनिष झाले बताउनुभयो । उहाँले नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत भएको बताउनुभयो । प्रधानमन्त्रीलाई वस्त्रबारे जानकारी गराइसकेपछि प्रधानमन्त्रीले शुभकामना दिनुभएको पनि सांसद झाले बताउनुभयो ।
२२ दिनसम्म आन्दोलन चल्दासमेत सरकारले चासो नदिँदा कालो वस्त्र लगाएर विरोध गर्नुपरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्