६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


समाजवादतर्फ सरकारको दृढ इच्छाशक्ति देखिएन : देवेन्द्र पौडेल


338
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्य अनुरूप दृढतापूर्वक बजेट विनियोजन नभएको बताउनुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले समाजवादलाई साझा सपना, सङ्कल्प र लक्ष्यका रूपमा व्याख्या सरकारमा त्यसअनुसारको दृढ इच्छाशक्ति नदेखिएको टिप्पणी गर्नुभयो । समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिको लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताउनुभयो ।

सांसद पौडेलले समाजवादको लक्ष्य अनुरूप बजेट नआएकी कारण सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, नारा र बहिष्कार चलिरहेको जिकिर गर्नुभयो । उहाँले बजेटले उक्त कुराको दिशावोध नगर्नु समेत दुःखद भएको बताउँदै आफूले बजेटमा देश निर्माणको सपना खोजी रहेको बताउनुभयो ।

सांसद पौडेलले बजेटले सरकारमा आशा जगाउन नसकेको जिकिर गर्नुभयो ।