
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश अहिले समृद्धिको बाटोतर्फ लम्किरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री पाण्डेले देश बिग्रिएको नभइ जुरुक्कै उठेको बताउनुभयो । भूकम्पमा ढलेका संरचना बनेका, कोभिडका कारण शिथिल भएको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभयो । नेपाल कुनै भोकमरी, गृहयुद्धमा नरहेको र समृद्धिको बाटोमा अग्रसर रहेको बताउनुभयो । देश आफैँले बनाउनुपर्ने भन्दै देश बनाउने र समृद्धिको बाटोमा लैजाने काम आफूहरुकै भएको बताउनुभयो । देशमा भएको सम्पदा र पुँजीलाई सदुपयोग गर्नसक्ने हो भने मात्रै पनि समृद्ध राष्ट्रको रुपमा अघि बढ्नसकिने बताउनुभयो ।
पर्यटनमन्त्री पाण्डेले संस्कृतिको रक्षा, प्रवद्र्धन गर्न धेरै ठूलो मेहनत जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्