
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा सरकारसँग भएको सहमति सत्ता साझेदारी र जनयुद्धकालीन मुद्दाका विषयलाई जोडेर भइरहेको टिप्पणी असान्दर्भिक रहेको बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा सरकारसँग कुनैपनि विषय साटफेर नगरेको जिकिर गर्नुभयो ।
उपमहासचिव पुनले संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी कामहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले शुरु गरिसकेको समेत उल्लेख गर्नुभयो । उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको छानविनको लािगि सरकारलाई समिति गठन गर्न समेत आग्रह गर्नुभयो ।
उपमहासचिव पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरुलाई संयमित रहन पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्