
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा पेश भएको विधेयकका विषयमा राजनीति गर्न खोज्नु खेदजनक भएको टिप्पणी गर्नुभएको छ ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले समितिले चारदिन अघि सदमा पेश गरेको प्रतिवेदनमा जालझेल, षड्यन्त्र र आशंका कसैले पाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । संविधान बमोजिम विनियोजन विधेयक रोक्न नसकिने अवस्थामा संसद चलेको स्पष्ट पार्दै विनियोजन विधेयकसँगै अन्य महत्वपूर्ण विधेयकहरु समयसीमाभित्रै पारित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दलको चाहना भनेको सत्तापक्ष र विपक्षी दलहरुबीचमा घमासान भइरहोस् र नियमित विधेयकमा छलफल चलाएर फेरि पनि सभामुख र सरकारले जबरजस्ती ग¥यो भनेर टिप्पणी गर्न चाहिरहेको आरोप लगाउनुभयो ।
प्रतिपक्षको चाहनाप्रति रुची नभएको भन्दै प्रमुख सचेतक बर्तौलाले विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने आपूmहरुको चाहना रहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्