३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


समष्टिगत आर्थिक पुनरुत्थानमा बजेट प्रभावकारी हुने अर्थमन्त्री पौडेलको दाबी


195
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने दाबी गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि शाहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गर्नुभयो । उहाँले स्टार्टअप प्रवद्र्धनका लागि सूचना प्रविधि (आईटी) क्षेत्रमा विभिन्न मन्त्रालयमार्फत महत्वपूर्ण कार्यक्रम प्रश्ताव बताउनुभयो । रेमिटेन्स व्यवस्थापन, कृषि क्षेत्रको प्राथमिकता तथा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको समेत बताउनुभयो ।

अगामी आर्थिक वर्षको बजेटले समष्टिगत आर्थिक पुनरुत्थानमा टेवा पु¥याउने अर्थमन्त्री पौडेलको विश्वास छ ।