
काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले संघीय प्रणाली प्रभावकारी बनाउनका लागि स्थानीय र प्रदेश सरकारलाई पर्याप्त अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद ढकालले अहिले पनि केन्द्रले स्थानीय तथा प्रदेश सरकारलाई अधिकार दिन नसकेको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक पार्टीहरूमा सत्ता हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गर्ने प्रवृत्तिले पनि समाजमा भ्रम र अस्थिरता फैलाइरहेको बताउनुभयो ।
सांसद ढकालले स्थानीय तह र प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने प्रवृत्तिको अन्त्य नगरे वर्तमानजस्तै बहस तीन वर्षौसम्म दोहोरिरहने बताउनुभयो । उहाँले सत्तामा हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तीकारी कुरा गर्ने राजनीतिक संस्कारको अन्त्य गर्न जरुरी रहेको समेत बताउनुभयो । उहाँले सत्तामा हुँदा देश र जनताको हितमा काम नगर्ने तर प्रतिपक्षमा गएपछि समाजलाई उत्तेजित बनाउने राजनीतिक रोगको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
सांसद ढकालले सांसदहरु मुलुक र जनताको समस्या समाधान गर्न निर्वाचित भएर आएको स्मरण गराउँदै त्यसको गरिमा राख्न समेत सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्