५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक : मन्त्री भण्डारी


208
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति तयार गर्न सरकारले आन्तरिक रोजगारी दशक मनाउन लागेको बताउनुभएको छ ।

बिहीबार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप नभएसम्म कुनै कुराको सम्भावना नहुने भएकाले यसैलाई मनन गरेर सरकारले रोजगारी दशक मनाउने घोषणा गरेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै यसमा सरकारले ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।

मन्त्री भण्डारीकाअनुसार सरकारले दिएको रोजगारीमात्रै रोजगारी होइन । निजी क्षेत्रले समेत दिएको रोजगारी हो । सरकारले दिएको रोजगारीलाई मात्रै रोजगादी देख्ने भ्रमबाट मुक्त हुन जरुरी रहेको उहाँको भनाइ छ । उहाँकाअनुसार त्यसैकारण सरकार निजी क्षेत्रमैत्री नीति बनाएर अघि बढिरहेको छ । त्यही आधारमा अहिले हरेक क्षेत्रमा सरकारले कानूनहरु पनि नीजि क्षेत्र मैत्री बनाइएको छ । भण्डारीले राष्ट्रिय व्यवसायी तालिम प्रतिष्ठानको नेतृत्व स्थाई बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने काम भइरहेको उहाँको भनाई रहेको छ ।

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारलाई रोकेर नरोकिने बताउँदै स्वदेशमै धेरै भन्दा धेरै जनशक्तिलाई रोजगारी दिनका लागि सरकार तत्पर रहेको समेत बताउनुभयो ।