५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : सांसद सुनार


546
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताउनुभएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद सुनारले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताउनुभयो । उहाँले देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताउनुभयो ।

सांसद सुनारले यसलाई सरकारले नियन्त्रणले गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गर्नुभयो । सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गर्नुभयो । उहाँले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनुभयो । उहाँले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गर्नुभयो ।

सांसद सुनारले सकारात्मक सोचसहित सकारात्मक बाटो जानुपर्नेमा जोड दिँदै सरकार र जनता एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।