
काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश भएको छ ।
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दफावार छलफल गरी भएको सहमतिअनुरुप सर्वसम्मत निर्णय गरी प्रतिवेदन सदनमा पेश गर्नुभएको हो ।
प्रतिवेदन पेश गर्दै सभापति खतिवडाले विधेयकलाई समृद्ध बनाउन औपचारिक तथा अनौपचारिक रुपमा महत्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारी, राष्ट्र सेवक, संघीय संसद र सचिवालय बधाइको पात्र भएको बताउनुभयो । कोही पनि नेपाली नागरिक नागरिकताबिहीन नहुन् र नेपाली बाहेकले नेपालको नागरिकता नलिउन् भन्ने मूल मर्मकासाथ विधेयक ल्याइएको सभापति खतिवडाको भनाई थियो । उहाँले विधेयकमा आमाको नामबाट नागरिकता नपाउने परम्पराको अन्त्य गर्दै आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
सभापति रामहरि खतिवडाले गैर आवासीय नेपाली संघ र पूर्वगोरखा सैनिकका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता गृहमन्त्रीले समितिमा गर्नुभएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्