५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


नेपाल नेदरल्याण्ड्ससँग खेल्दै


0
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत बिहीबार नेपालले नेदरल्याण्ड्ससँग महत्वपूर्ण खेल खेल्दैछ ।

ग्लासगोस्थित टिटवुड मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहीबार साँझ ७ बजेर ४५ मिनेटमा सुरू हुनेछ । यो नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो खेल हो ।

गत सोमबार भएको सिरिजको पहिलो भेटमा नेदरल्याण्ड्सले नेपालमाथि अविश्वसनीय जित हासिल गरेको थियो । निर्धारित २०-२० ओभर र पहिलो दुई सुपर ओभरमा पनि नतिजा ननिस्किएपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो, जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो । त्यो खेल नेपालको १००औं टी-२०आई खेल पनि थियो ।