४ असार २०८२, बुधबार | Thu Jun 19 2025


जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन् : अध्यक्ष ओझा


325
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युत परियोजनाको बीमाका सवालमा गुनासाहरु धेरै रहेको बताउनुभएको छ ।

नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको बीमा गर्ने सवालमा तहगत संलग्नतामा गुनासोहरु आउने गरेको बताउनुभएको हो । उहाँले बीमाको क्षेत्रमा काम गरिरहेकाहरुको सुझाव र सहयोगका आधारमा राज्यले तय गरेको प्राथमिकता अनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्नसमेत समस्या भइरहेको उल्लेख गर्नुभयो ।

लगानी आकर्षित र सुरक्षित बनाउनका लागि बीमाको सुरक्षा आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष ओझाले बीमा सुरक्षाका लागि ऋण सहयोगको सुरक्षासँगै ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षाबारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओझाले बीमा क्षेत्रको सुधारका लागि हुनसक्ने संयन्त्र बनाउनतर्फ समयानुकुल कामहरु गर्नुपर्नेमा जोड दिनुभयो ।