
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदमा देखाएको विरोध शैलीप्रति आपत्ति जनाउनुभएको छ ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले रास्वपाका कारण सांसद हुँ भनेर हिँड्न पनि लाज लाग्ने अवस्था आएको टिप्पणी गर्नुभएको हो । विरोधको नाममा रास्वपाका सांसदहरूले अपनाएको शैलीले आफूहरुलाई समेत संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था सिर्जना भएको प्रमुख सचेतक बर्तौलाको भनाइ छ । उहाँले रास्वपाको माग र मुद्दाबारे आफ्नो केही टिप्पणी नभएपनि संसदमा विरोध गर्दा न्युनतम मर्यादाभित्र रहनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख सचेतक बर्तौलाकाअनुसार संसदलाई अगाडि बढाउनको दलहरुको बीचमा सहमतिको वातावरण बनाउन दलहरुलाई सभामुख देवराज घिमिरेले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्