Logo १४ भाद्र २०८३, आइतबार | Mon Aug 31 2026


संसद अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : अध्यक्ष दाहाल


1.5k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई संसदको अवरोध नखुले हुन्थ्यो भन्ने चाहना रहेको टिप्पणी गर्नुभएको छ ।

मंगलबार चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले संसदमा विचाराधीन कानून निर्माण प्रक्रियामा अघि नबढ्न संसद अवरोध रहिरहोस् भन्ने सरकारको चाहना रहेको टिप्पणी गर्नुभएको हो । उहाँले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा कानून निर्माण अपरिहार्य रहेको कारण आफूहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानसँगै अघि बढ्ने निर्णय गरेको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले संघीय निजामति ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सम्बन्धी बाँकी रहेका कानूनी कार्यहरु टुंग्याउनु आफूहरूको जिम्मेवारी भएको कारण सहमतिमार्फत अघि बढेको समेत बताउनुभयो । उहाँले आफू नेतृत्वको भुमिकामा रहेकाले अब ऐन निर्माणलाई प्राथमिकतामा राख्दै गम्भीर छानबिनसहितको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको कारण सहमति गरेको भएपनि गलत व्याख्या गरिएको जिकिर गर्नुभयो ।

असार १५ गतेसम्म विद्यालय शिक्षा पास गर्न नसके शिक्षा क्षेत्र झन अराजकतातिर धकेलिने अध्यक्ष दाहालको भनाइ छ ।