२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


प्रदेश १ मा पनि मनाइयो संविधान दिवस


0
Shares

विराटनगर, असोज ३ । प्रदेश नम्बर १ मा विभिन्न कार्यक्रम गरी आज संविधान दिवस मनाइँदै छ ।

तीन दिनको कार्यक्रम सार्वजनिक गरेको प्रदेश सरकारले अस्थायी राजधानी विराटनगरमा पहिलोपटक वृहत औपचारिक कार्यक्रम गरेको हो ।

विराटनगरको शहीद रंगशालामा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न झाँकी, सेना तथा प्रहरीको परेड, गीत–नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुम्वाहाङ, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रदेशका मन्त्रीहरुसहितकोे सहभागिता थियो ।

कार्यक्रममा धिमाल, राई, लिम्बु, सतार, बाँतर, थारु, नेवार र खस समुदायसहित बालबालिका र जेष्ठ नागरिकले पनि झाँकी प्रस्तुत गरेका थिए । उत्कृष्ट झाँकी प्रदर्शन गर्नेहरुलाई पुरस्कृत पनि गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले संविधानले नेपालीलाई प्रतिबद्ध भै एकजुट भएर मुलुकमा शान्ति विकास र समृद्धिकालागि योगदान दिन प्रेरणा प्रदान गरेको बताए ।