२ असार २०८२, सोमबार | Tue Jun 17 2025


संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविक : अध्यक्ष केसी


4.654k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरोध हुँदा सरकारले आफ्ना कामहरु अघि बढाउने कुरा स्भाविक भएको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष केसीले संसदमा यस्ता खेलहरु भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गर्नुभयो । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल भइरहने गरेको बतउनुभयो । देशमा भ्रष्टाचार व्याप्त भइरहेको बताउँदै कुनैपनि सरकारले नियन्त्रण गर्न नसकेको बताउनुभयो ।

अध्यक्ष केसीले भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल रहेको दाबी गर्नुभयो ।