२ असार २०८२, सोमबार | Tue Jun 17 2025


अर्थमन्त्रीलाई बिचमै रोकेर उपसभामुखलाई लक्षित गर्दै कांग्रेस सचेतक रास्वपामाथि खनिएपछि…


5.889k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बोलिरहँदा बिचमै रोक्नुभएको छ ।

प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिइरहनुभएका अर्थमन्त्री पौडेललाई सचेतक थिङले रोक्दै नियमापत्ति गर्नुभएको हो । उहाँले संसदभित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले मानव तस्करी लगायतका आपत्तिजनक शब्दहरू प्रयोग गरेको र वक्ता बोलिरहेको बेलामा अवरोध भएको भन्दै आपत्ति जनाउनुभयो ।

सचेतक थिङले मानव तस्करी कसलाई भन्न खोजेको हो भन्दै त्यसको परिभाषा सदनमा स्पष्ट पार्न आग्रह गर्नुभयो । साथै, उहाँले उपसभामुख इन्दिरा रानालाई लक्षित ५ जनालाई व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो वा कुन विषयको मानव तस्करी हो भन्दै सदनमा स्पष्ट पार्न समेत आग्रह गर्नुभयो ।

भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद अवरोध गर्दै आएको छ । सोमबारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।