२ असार २०८२, सोमबार | Tue Jun 17 2025


शेयर बजारमा वृद्धि


689
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार सामान्य अंकले बढेको छ ।

दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से २ दशमलव ८६ अंकले बढेर २६ सय ५८ दशमलव ६६ को विन्दुमा पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूह सर्वाधिक ४ प्रतिशत बढीले बढ्दा दिन वित्त उपसमूहको परिसूचक भने सर्वाधिक १ दशमलव २२ प्रतिशतले घटेको छ ।

पियोर इनर्जी र पिपुल्स पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक साढे ७ प्रतिशत घटेको छ । १२४ वटा कम्पीनको शेयर मूल्य बढ्दा १२४ वटै कम्पनीको मूल्य भने घटेको छ । दिनभरमा ३१८ वटा स्टकको ३ करोड ३६ लाख ३७ हजार कित्ता शेयर १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

करोबार रकमका आधारमा आज सानिमा माइ हाइड्रोपावरको सर्वाधिक ९५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।