२ असार २०८२, सोमबार | Mon Jun 16 2025


बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरे : सांसद ज्वाला


715
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्वालाले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर गर्नुभयो । दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।

सांसद ज्वालाले कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गर्नुभयो । साथै उहाँले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको बताउनुभयो ।

बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको आरोप लगाउनुभयो ।