
काठमाडौं । लतिपुरमा सञ्चालनमा आएको ५ तारे होटल रोयल टुलिप काठमाडौंले आतित्थ सेवा क्षेत्रमै भिन्नै स्तर कायम गरेको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय चेन होटल समूह लोभ्रे होटल्स ग्रुपले नेपालमा पहिलो रोयल टुलिप होटल सञ्चालनमा ल्याएको हो ।
ललितपुरको ग्वार्कोमा कम्पनीले नेपालकै ठूलो होटल सञ्चालनमा ल्याएर दक्षिण एशियाली मुुुलुकमा सेवा विस्तारलाई अघि बढाएको जनाएको छ ।
३ सय ८ कोठा रहेको यो होटलमा काठमाडौंकै ठूलो सम्मेलन केन्द्र समेत सञ्चालमा ल्याएको जनाएको छ । फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी म्यासिफ होटल रोयल टुलिपमा रूपान्तरण भएको जनाइएको छ ।
लोभ्रे होटल्स गु्रपका हाल ७० देशमा १७ सय ५६ होटल सञ्चालमा रहेका जनाइएको छ । कम्पनीले विभिन्न ब्राण्डमा एकतारे देखि पाँचतारे स्तरका होटल सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्