
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताउनुभएको छ ।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरु पूरा देशको नभइ आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष यादवले यसले कतिपय सांसदहरुले अर्को पटक मत नै नपाउने स्थिति बन्ने गरेको बताउनुभयो । उहाँले राजनीतिक स्थिरता नभइकन विकास सम्भव नहुने बताउनुभयो । पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्न अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभयो ।
अध्यक्ष यादवले पूरै देशको प्रधानमन्त्री र पूरै देशको संसद हुने स्थिति नबनाएसम्म स्थिरता नहुने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्