१ असार २०८२, आइतबार | Sun Jun 15 2025


राजनीतिक दलहरुले सकारात्मक सन्देश दिन सक्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल


377
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरुले सकारात्मक सन्देश दिनसके मात्रै लोकप्रिय बनिने बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले आज सानो त्रुटीले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको बताउनुभयो । यसबारेमा नेतृत्व गम्भीर बन्न नसकेको उहाँको आरोप छ ।

स्वास्थ्यमन्त्री पौडेलले अहिलेको समय प्रविधिकरणको भएकाले भौतिक रुपमा भेटेरै सबै कुरा गर्नुपर्छ भन्ने नरहेको बताउनुभयो । कांग्रेस पार्टीको केन्द्रिय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरुमाथि टिका टिप्पणीहरु हुने वा नहुने स्थिति निर्माण हुने बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले निजी क्षेत्रलाई सम्पूर्ण रुपमा बेवास्ता गरेर आर्थिक उन्नति गर्न नसकिने बताउनुभयो । आर्थिक विषय नजोडिएको राजनीतिक विषय हुन नसक्ने जिकिर गर्नुभयो ।