
फाइल तस्बिर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलहरूसँग भएको सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने चेतावनी दिनुभएको छ ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकाले अहिले सहमति गरिएको बताउनुभयो ।
अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा आफ्नो जोड रहेको बताउनुभयो । उहाँले यस विषयमा गहिरो अध्ययन हुनुपर्ने र त्यसलाई सम्बोधन गर्नेगरी संरचना बन्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्