३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


२५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्ण : गभर्नर पौडेल


3.666k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालमा २५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा आईएमई ग्रुपको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर पौडेलले रेमिटेन्स सेवामा आईएमईको महत्वपूर्ण योगदान रहेको बताउनुभएको हो ।

गभर्नर पौडेलले २५ वर्षअघि निजी क्षेत्रबाट कम्पनी स्थापना गर्नु र त्यसलाई निरन्तरता दिनु ठूलो उपलब्धि भएको बताउनुभयो । मुलुकको आर्थिक वृद्धिका लागि उद्यमीहरूको जन्म र व्यवसाय सञ्चालन महत्त्वपूर्ण रहेको बताउदै गभर्नर पौडेलले आइएमईले हुण्डीको समस्यालाई हटाउन र औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याएर देशलाई ठूलो योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रममा आईएमई ग्रुपका संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्स सेवामार्फत असम्भवजस्तो लाग्ने कामलाई सम्भव बनाएको बताउनुभयो । आइएमईले शुरु गरेको रेमिट्यान्स सेवा केवल पैसा पठाउने माध्यम नभई विदेशमा श्रम गरिरहेका नेपालीलाई देशसँग जोड्ने पुल बनेको छ ।