
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने बताउनुभएको छ ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव पुनले सबै विपक्षीलाई एक ठाउँमा राख्ने कोशिस आफूहरुले गरे पनि सफल हुन नसकेको बताउनुभयो । उहाँले एक महिनाभित्र छानविन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले नरोक्ने बताउनुभयो ।
उपमहासचिव पुनले छानविन समिति बनेपछि छानविन हुने र दोषीउपर कारबाही हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्