Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएको सूचना


2.9k
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाइएको छ ।

सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाउनुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दी भन्दा बढी जग्गा खरिदविक्री गर्न दिइ सरकारी सार्वजनिक सम्पती हिनामिना हानी नोक्शानी गरी भ्रष्टाचार गरेको अरोप लगाउँदै मुद्दा दायर गरेको छ ।

अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी)को तर्फबाट रौतहट जिल्लाबाट निर्वाचित हुनुहुन्छ ।