३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


घुस खाएको प्रमाणित गरेर देखाउन माधव नेपालको चुनौति


676
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो । उहाँले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिनुभयो । उहाँले अन्याय गर्नेहरुको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

अध्यक्ष नेपालले सुदूरपश्चिाका कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा समेत संगठन निर्माणमा तिब्रता दिन तल्लो कमिटीलाई निर्देशन दिनुभयो ।