
फाइल तस्विर
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन सडकखण्ड शुक्रबारदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ ।
जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो ।
मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
निर्माणाधीन क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको त्रेन प्रयोग गर्नुपर्ने भएकाले सवारीसाधन बन्द गर्नुपरेको जनाइएको छ ।
सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छ ।
प्रतिक्रिया दिनुहोस्