३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री ओली


429
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताउनुभएको छ ।

बालुवाटारमा बिहीबार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनः विचार गर्नुपर्ने बताउनुभयो । मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुनःविचार गर्न जरुरी रहेको बताउनुभयो । शिक्षालाई आम जनताको पहुँचमा पु¥याउन जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कुनै एउटा विषयमा मात्रै लगानी गरेर समाज चल्न नसक्ने जिकिर गर्नुभयो ।