
काठमाडौं । दुई दिन बढेको शेयर बजारमा बुधबार कारोबारको चौथो दिन दोहोरो अंकको करेक्सन आएको छ ।
परिसूचक १३ अंकले घटेर २६ सय ६४ विन्दुमा झ¥यो । नेप्सेमा सूचीकृत मध्ये ३ सय ७ वटा स्क्रिप्टको २ करोड २० लाख बढी कित्ता सेयर ९ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार पनि हिजोकै हाराहारी भएको छ । यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये आज जलविद्युत समूहमा १ प्रतिशत माथिको बृद्धि आउदा अरु सबै समूहमा रातो पोतिएको छ । व्यापार समूह आज १ प्रतिशत बढीले घट्यो । अरु समूहमा पनि दोहोरो अंकको गिरावट आएको छ । यसदिन ७७ कम्पनकिो मूल्य बढ्दा १ सय ७० को घटेको छ । आज पियोर इनर्जी र सीनर्जी पावर डिभेलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोवार भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्