२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


एमालेको झोलामा राष्ट्रवाद छ : सञ्चारमन्त्री गुरुङ


676
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका सञ्चारमन्त्री गुरुङले आफूहरु झोल खाने नभइ जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताउनुभयो । उहाँले आफूले नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने बताउनुभयो । एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको बताउनुभयो । सुशासन नभइकन सामाजिक र आर्थिक रुपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले एमालेको झोला बोक्ने कुरामा सबैले गर्व महशुस गर्नुपर्ने बताउनुभयो । आफू राष्ट्रियताको झण्डा बोक्ने व्यक्ति भएकाले एमालेको झोले भएको जिकिर गर्नुभयो ।