२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


गृहमन्त्रीको राजीनामा आउँदैन : सञ्चारमन्त्री गुरुङ


1.105k
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता गुरुङले आइतबार वा सोमबारसम्म (आज वा भोलिसम्म) बैठक सुचारु हुने बताउनुभएको हो । भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

सञ्चारमन्त्री गुरुङले अख्तियारले एउटा कर्मचारीमाथि छानविन शुरु गरेको र कर्मचारीमाथि छानविन शुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पार्नुभयो । उहाँले उटा कर्मचारीमाथि छानविन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गर्नुभयो । अहिले पनि संसदको अवरोध खुलाउने बारेमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको बतउनुभयो । गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानविन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको बताउनुभयो । सदनमा उठेका प्रश्नको जवाफ संसदमा गृहमन्त्रीले दिने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताउनुभयो ।